आन्दोलनबाट प्रभावित उद्योगलाई गाडी खरीद गर्न लिइने ऋणको सीमा बढाइयो
काठमाडौं। नेपाल राष्ट्र बैंकले गाडी खरीद गर्दा लिइने ऋणको सीमा बढाएको छ।
अहिले बैंक तथा वित्तीय संस्थाबाट सवारी साधन खरीद गर्न कर्जा प्रवाह गर्दा सवारी साधनको ऋण मूल्यको अनुपात ६० प्रतिशत रहेको छ।
अब जेन जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा व्यवसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरीको एकीकृत निर्देशन २०८१ मा संंशोधन गर्दै यो व्यवस्था गरेको जानकारी गराएको छ।
