मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष (आव) २०८१/८२ को कारोबारमा आधारित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ ।
उक्त साधारण सभाले आव २०८२/८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरेको छ । अरण्य बुटिक होटलमा बसेको साधारणसभा सञ्चालक समितिका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षता रहेको थियो ।
