बुधबार २४ मंसिर, २०८२

माओवादीले बोलायो सचिवालय बैठक, विपद्पछिको अवस्थाबारे छलफल हुने

माओवादीले बोलायो सचिवालय बैठक, विपद्पछिको अवस्थाबारे छलफल हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार विपद्पछिको अवस्थाबारे छलफल गर्ने पहिलो कार्यसूची छ ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द्र आचार्यका अनुसार पार्टीको सचिवालय बैठक सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकमा विपद्पछिको अवस्थाका साथै पार्टीका अन्य विषयमा समेत छलफल हुनेछ । महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा समेत छलफल गर्न लागिएको छ ।

यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसागै आगामी मंसिरको अन्तिमसाताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।

अब बस्ने सचिवालय बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा समेत छलफल हुनेछ ।