सोमबार २२ मंसिर, २०८२

संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं : महेश बस्नेत

संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा समसामयिक राजनीतिक विषय सम्बन्धी धारणा र विचारहरू प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

‘संसद् पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं,’ बस्नेतले भनेका छन्, ‘पार्टीले आधिकारिक ढंगले जाने अथवा कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा हामी अन्तिम छलफल गर्दैछौं ।’