बिहीबार २५ मंसिर, २०८२

थप बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

थप बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य तोलामा दुई लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।