बुधबार २४ मंसिर, २०८२

राष्ट्र र पार्टीका चुनौती सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ :  एमाले महासचिव

राष्ट्र र पार्टीका चुनौती सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ :   एमाले महासचिव

काठमाडौं  ।  एमाले महासचिव शंकर पोखरेलले राष्ट्रका सामु चुनौती उत्पन्न भएकाले यसको सामनाका लागि  पार्टी एकताबद्ध हुन अपिल गरेका छन् ।

जेन-जी आन्दोलनपछिको अवस्था र पार्टीको आगामी दिनको बाटो तय गर्न बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकको सुरुवात गर्दै यस्तो धारणा राखेका हुन् ।

उनले षडयत्नकारीहरुले षड्‍यन्त्र गर्दा २३ र २४ गतेको घटना भएको उनले उल्लेख गरे । ‘स्वाभाविक रुपमा पार्टीमा उत्पन्न भएका चुनौती सामान गर्न पार्टी एकताबद्ध हुन जरुरी छ’ उनले भने ।