बिहीबार २५ मंसिर, २०८२

‘होली काउ’ लाई इंग्ल्याण्डको ‘बेष्ट रेष्टुरेन्ट’ अवार्ड

‘होली काउ’ लाई इंग्ल्याण्डको ‘बेष्ट रेष्टुरेन्ट’ अवार्ड

लन्डन। झन्डै दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ‘होली काउ’ ग्रुपद्वारा सञ्चाालित फाइन डाइन रेष्टुरेन्टले ‘बेष्ट रेष्टुरेन्ट’ को अवार्ड जितेको छ।

रेडिङ शहरमा हालै आयोजित ‘इंग्ल्याण्ड्स अवार्ड २०२५’ मा उक्त पुरस्कार घोषणा गरिएको हो।

मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायत आधारमा पुरस्कृत व्यवसायहरुको छनोट गरिएको ग्रुपले जनाएको छ।

इङ्ल्यान्डभरका रेष्टुरेन्टहरूबीच आयोजित प्रतिष्पर्धामा हजारौँ ग्राहक र समर्थकले आफूलाई मनपर्ने व्यवसायको पक्षमा भोट दिएका थिए।

'कडा प्रतिष्पर्धाबीच यस्तो प्रतिष्ठित अवार्ड पाउँदा हामी अत्यन्तै खुसी छौं,’ होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले भने।

होली काउले प्राप्त गरेको यो अवार्डले नेपाली उद्यमशीलता र आतिथ्यलाई अन्तरराष्ट्रियस्तरमा थप उजागर गरेको होली काउ ग्रुपका अध्यक्ष आचार्यले बताए। उक्त अवार्डबाट आफूहरु अत्यन्तै उत्साहित भएको बताउँदै आचार्यले यो यात्रामा साथ, स्नेह र भोटद्वारा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए।

यो उपलब्धि नेपाली समुदायको गौरव मात्र होइन, गुणस्तरीय सेवा र स्वादमार्फत ब्रिटेनमा स्थापित नेपाली पहिचानको प्रमाण पनि बनेको आचार्यको भनाइ छ।

झन्डै २० वर्ष पहिले स्थापना गरिएको होली काउ समूह अन्तर्गतका रेष्टुरेन्ट तथा टेक अवेहरुमा करिब १२० जना कर्मचारी कार्यरत छन्।

सन् १९६५ मा उक्त अवार्डलाई क्वीन्स अवार्डस् फर इन्टरप्राइज भनिन्थ्यो भने सन् २०२२ देखि उक्त अवार्डको नामाकरण किंग्स् अवार्डस् फर इन्टरप्राइज गरिएको छ।