सोमबार २२ मंसिर, २०८२

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड कृष्णबहादुर रानालाई

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड कृष्णबहादुर रानालाई

काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सम्मानत गरे ।

दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट तेस्रो लगायतका विभिन्न पदक, पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।