जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध : संयोजक प्रचण्ड
गोरखा । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
गोरखा सदरमुकाममा आइतबार जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'जेनजी आन्दोलनले उठाएका विषयहरू हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।'
अन्तरिम सरकारबारे आफ्नो धारणा राख्दै प्रचण्डले थपे, 'केपी ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधनपछि मात्र संसद् विघटन गर्नुपर्छ भन्ने थियो। जेनजी आन्दोलन हाम्रा उत्तराधिकारी हुन् र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।'
अब चुनाव घोषणा भइसकेको अवस्थामा निर्वाचन सफल पार्नु नै पार्टीको पहिलो कार्यभार हुने उनको भनाइ थियो ।
