नेप्सेमा सामान्य अङ्कले वृद्धि
काठमाडौँ । तिहारको बिदापछिको पहिलो सेयर कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१९ अङ्कले बढेको छ ।
उक्त अङ्कको वृद्धिपछि २५०९.०४ विन्दुमा पुगेको छ । आइतबार कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ, जुन तिहारअघिको अन्तिम कारोबार दिन (कात्तिक ३) को २ अर्ब ७९ करोड ११ लाख रुपैयाँको तुलनामा सामान्य कम हो ।
आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४६ कम्पनीको मूल्य घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज १३ उपसमूहमध्ये ४ समूहको परिसूचक बढेको छ । जीवन बिमा समूहको ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.०२ प्रतिशत, निर्जीवन बिमा समूहको ०.०८ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ३.०५ प्रतिशतले बढेका छन्। बाँकी समूहको परिसूचक भने घटेको छ ।
सिद्धार्थ बैंकद्वारा जारी ‘१०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९’ ऋणपत्रको मूल्य १० प्रतिशतले बढेको छ ।यसैबिच, तारागाउँ रेजेन्सी होटेल (हायात) को सेयर मूल्यमा प्रतिकित्ता ७.१६ प्रतिशतको उल्लेखनीय गिरावट आएको छ ।
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा होटेलमा क्षति पुगेको थियो, जसका कारण होटेल पुनर्निर्माणका लागि अर्को सूचना नआएसम्म बन्द रहने जानकारी दिइएको छ ।
यसकारण कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।
