बुधबार २४ मंसिर, २०८२

सुनको भाउ घट्यो, चाँदी बढ्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भएको छ ।

चाँदीको भाउ भने बढेको छ । प्रतितोला ४५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन २९२० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९६५ रुपैयाँ पुगेको छ ।