सोमबार २२ मंसिर, २०८२

पाल्पामा ईभी गाडी दुर्घटना, तीन जना गम्भीर

पाल्पामा ईभी गाडी दुर्घटना, तीन जना गम्भीर

पाल्पा । पाल्पामा ईभी गाडी दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना गम्भीर घाइते भएका छन् । अहिले प्रहरी उद्धारका लागि त्यसतर्फ गइरहेको छ ।

गाडी सडकबाट पाँच सय मिटर भन्दा तल खसेको स्थानीयले बताएका छन् ।

दुर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ्ग र हाथोर्क प्रहरी घटनास्थलमा पुगेका छन् ।