सोमबार २२ मंसिर, २०८२

तिते करेला र लौकाको भाउ बढ्यो

तिते करेला र लौकाको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा तिते करेला र लौकाको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई तरकारीको भाउ बढेको देखाएको हो ।

आज आइतबार कालीमाटी बजारमा तिते करेलाको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो शनिबार किलोको थोकमा १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

आज तिते करेलाको भाउ प्रतिकिलो थोकमा १ सय २० रुपैयाँ कायम छ ।

यस्तै आज लौकाको भाउ पनि थोकमा किलोको औसत २५ रुपैयाँ बढेको तथ्यांकले देखाउँछ । आज लौका प्रतिकिलो थोकमा ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो शनिबार भने लौका प्रतिकिलो थोकमा ५५ रुपैयाँमा किनबेच भएको थियो ।