सफारीको पहिलो एक्सक्लुसिभ शोरूम सिटी सेन्टरमा सञ्चालनमा
काठमाडौं । विश्वप्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारी (Safari) ले नेपालको राजधानीमा आफ्नो पहिलो एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ। सफारी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स हो।
सफारीको पहिलो शोरूम काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ। करिब ३५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो स्टोरले नेपाली यात्रुहरूका लागि नयाँ डिजाइन, आकर्षक रङ र आधुनिक यात्राका लागि उपयुक्त लगेज, ब्याकप्याक र अन्य ट्राभल एक्सेसरीहरूको विस्तृत श्रृंखला उपलब्ध गराउने उद्देश्य राखेको छ।
मजबुत बनावट, बहुउपयोगिता र स्टाइलका कारण प्रसिद्ध सफारीका उत्पादहरूले यात्रालाई अझ सहज र रोचक बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
शोरूमको उद्घाटन कार्यक्रममा बोल्दै शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाले भने,-“काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम सुरु गर्न पाउँदा निकै खुशी लागेको छ। हामीलाई विश्वास छ, यो शोरूमले नेपाली यात्रुहरूलाई उच्च गुणस्तरका, स्टाइलिश र टिकाउ ट्राभल समाधानहरू रोज्न सहज बनाउनेछ। प्रत्येक मानिस जन्मजात यात्रु हो भन्ने विश्वासका साथ हामी उनीहरूको विश्वसनीय साथी बन्न प्रतिबद्ध छौं।”
त्यस्तै, जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारी सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले भने,-“काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम उद्घाटन गर्नु हाम्रो यात्राको एउटा महत्वपूर्ण माइलस्टोन हो। गुणस्तर र नवीनतामा केन्द्रित रहँदै, सफारीले प्रत्येक यात्रुको आवश्यकता पूरा गर्ने प्रतिबद्धता लिएको छ।”
उद्घाटन अवसरमा ग्राहकहरूका लागि सीमित समयका लागि सम्पूर्ण खरिदमा ४०% सम्मको विशेष छुट प्रदान गरिएको छ।
सिटी सेन्टरमा सुरु भएको यो नयाँ स्टोरले सफारीको टिकाउपन, उत्कृष्ट डिजाइन र उपयुक्त मूल्यका माध्यमबाट यात्रुहरूलाई सशक्त बनाउने कम्पनीको दृष्टिकोणलाई अझ बलियो बनाएको छ।
