सोमबार २२ मंसिर, २०८२

दुई महिनापछि बन्यो निगमको ‘ग्राउन्डेड’ ट्विनअटर, अब आन्तरिक उडानमा दुई विमान

दुई महिनापछि बन्यो निगमको  ‘ग्राउन्डेड’ ट्विनअटर, अब आन्तरिक उडानमा दुई विमान

काठमाडौं । नेपाल वायुसेवा निगमले अब ट्विनअटर जहाजबाट आन्तरिक उडानलाई निरन्तरता दिने भएको छ ।

यसअघि दुई महिनादेखि ‘ग्राउन्डेड’ ट्विनअटर डीएचसी–६ मर्मत गरी २४ कात्तिकमा सफलतापूर्वक परीक्षण उडान गरिएको निगमले जनाएको छ ।

दर्ता नम्बर ‘९एन–एबीटी’ रहेको यो जहाजको इन्जिन मर्मत र वार्षिक जाँच सम्पन्न गरी पुन: सञ्चालनमा ल्याइएको हो । निगमले यो जहाज सोमबारदेखि  व्यावसायिक सञ्चालनमा ल्याएको छ ।

निगमसँग अब दुई जहाज आन्तरिक उडानमा हुने छन् । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा भने चार जहाज छन् ।