सोमबार २२ मंसिर, २०८२

राष्ट्र बैंकले छोड्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्छ : गभर्नर पौडेल

राष्ट्र बैंकले छोड्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले राष्ट्र बैंकले नियन्त्रण नगर्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्ने बताएका छन् । 

शुक्रबार राजधानीमा बैंक तथा वित्तीय संस्था परिसंघको वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकको व्यवस्थाले अहिले ब्याजदर २.७५ प्रतिशत भन्दा कम नभएको बताए । 

उनले यसका लागि आफूहरूले बैंकलाई साढे आठ खर्ब बराबरको स्थायी तरलता सुविधा उपलब्ध गराएको र यो १० खर्ब पुग्ने अनुमान गरिएको बताए । 

यो अवस्थामा राष्ट्र बैंकले मात्रै झन्डै २७ अर्ब रुपैयाँ स्थायी तरलता सुविधाबापत वार्षिक रूपमा खर्च गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

अहिलेको अवस्थामा तरलता समस्या समाधान गर्नु एउटा मुख्य समस्या रहेको उनले बताए । यसका लागि ऋण लगानी हुने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले यसका लागि केही विषयमा अध्ययन गरिरहेको बताए ।

अहिले भइरहेको कालोसूचीको व्यवस्था र लोन लस प्रोभिजनको सम्बन्धमा राष्ट्र बैंकले पुनरावलोकन गर्ने बताए ।