बुधबार २४ मंसिर, २०८२

'क्यान' को २७औँ वार्षिकोत्सव : भोलिदेखि काठमाडौंमा स्वास्थ्य–सुरक्षा साइकल र्‍याली

'क्यान' को २७औँ वार्षिकोत्सव :  भोलिदेखि काठमाडौंमा स्वास्थ्य–सुरक्षा साइकल र्‍याली

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को २७औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य, फिटनेस र सुरक्षित उड्डयन प्रवर्द्धन गर्ने उद्देश्यसहित भोलिदेखि काठमाडौंमा भव्य साइकल र्‍याली आयोजना हुँदैछ। “Pedal for Health, Health for Aviation Safety” भन्ने मूल नाराका साथ सञ्चालन हुने र्‍याली भोलि (शनिबार) बिहान ७ बजे सिमलमंगलबाट सुरु हुनेछ।

निर्धारित मार्ग अनुसार र्‍याली सिमलमंगल–गौशाला–पेप्सीकोला–न्याटापोल–नयाँठिमी–कोटेश्वर हुँदै पुनः सिमलमंगलमा समापन हुनेछ। ट्राफिक व्यवस्थापनका लागि आवश्यक समन्वय पनि भइसकेको आयोजकले जनाएको छ।

नागरिक उड्डयन खेलकुद क्लबका अध्यक्ष राजिव गिरीका अनुसार, “उड्डयनमा सानो लापर्वाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। कर्मचारी स्वस्थ र अनुशासित हुनु अत्यावश्यक छ। र्‍यालीले स्वास्थ्य र सुरक्षाबीचको सम्बन्धलाई उजागर गर्ने उद्देश्य राखेको छ।”

कार्यक्रममा प्राधिकरणका विभिन्न विभागका कर्मचारी, खेलकुद क्लबका सदस्य र पदाधिकारी सहभागी हुने अपेक्षा छ। सहभागीहरूलाई विमान सुरक्षा सन्देश अंकित टी–शर्ट उपलब्ध गराइनेछ भने र्‍यालीपछि refreshments को व्यवस्था पनि गरिएको छ।

CAAN का अधिकारीहरूले भने, साइकलिङले शारीरिक फिटनेस मात्र होइन, तनाव नियन्त्रण, निर्णय क्षमता र कार्यस्थलमा सकारात्मक ऊर्जा बढाउने भूमिका खेल्ने उल्लेख गरेका छन्।

र्‍यालीले प्राधिकरणभित्र मात्र नभई सार्वजनिक रूपमा स्वास्थ्य, ट्राफिक अनुशासन र सुरक्षित उड्डयन प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।