सोमबार २२ मंसिर, २०८२

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिमा राजबहादुर शाह, निकायमा दूरसञ्चार प्राधिकरण

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिमा राजबहादुर शाह, निकायमा दूरसञ्चार प्राधिकरण

काठमाडौं । राष्ट्रिय कर दिवस–२०८२ मा आन्तरिक राजस्व विभागले व्यवसायी राजबहादुर शाहलाई व्यक्तिगत क्षेत्रबाट सबैभन्दा धेरै आयकर तिरेबापत सम्मान गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले आ।व। २०८०/८१ मा उच्च कर योगदान गर्ने व्यक्ति, संस्था तथा निकायलाई सम्मानपत्र प्रदान गरे।

सबैभन्दा धेरै आयकर तिर्ने निकायका रूपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भयो भने एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेसनलले सम्मान पायो। वस्तुगत आयकर श्रेणीमा डाबर नेपाल र सूचना–प्रविधि क्षेत्रमा भेरिक्स नेपाल प्रालि छनोट भए। निर्यात कारोबारतर्फ पनि डाबर नेपाल प्रालि नै सम्मानित रह्यो।

कृषि तथा पशुजन्य क्षेत्रमा पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक, स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज र पर्यटन क्षेत्रमा सोल्टी होटल सम्मानित बने। वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातामा सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी र रेमिट्यान्स क्षेत्रमा आईएमई समूहले सम्मान पाए।

समयमै कर तिर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भयो। ५० करोडभन्दा बढी कारोबार गर्ने श्रेणीमा भीएफ सर्भिसेज चयन भयो भने विशेष उद्योगतर्फ युनिलिभर नेपाल सम्मानित बन्यो।