बिहीबार ०३ पुस, २०८२

दुर्गा प्रसाईं पक्राउपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा

दुर्गा प्रसाईं पक्राउपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाडौं – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रसाईंका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्न सक्ने सम्भावनाका कारण सडकमा सुरक्षाकर्मीको उपस्थिती बढाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनवटै जिल्ला प्रहरी परिसरलाई सुरक्षा चुस्त पार्न निर्देशन दिएको छ।

प्रसाईंलाई हाल भद्रकालीस्थित हिरासतमा राखिएको छ र आजै अदालतमा उपस्थित गराएर अनुसन्धानको म्याद लिइने तयारी छ।

प्रसाईंले मंसिर ७ गते देशभर आन्दोलन गर्ने तयारी गरिरहेका थिए, तर पक्राउपछि त्यो पूर्वतयारी रोकिएको छ।