शनिबार २७ मंसिर, २०८२

बुटवलमा सीजी डिजिटलको नयाँ शोरुम, होम अप्लायन्सदेखि मोबाइलसम्मका उपकरण उपलब्ध

बुटवलमा सीजी डिजिटलको नयाँ शोरुम, होम अप्लायन्सदेखि मोबाइलसम्मका उपकरण उपलब्ध

काठमाडौँ । इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्सले बुटवलमा आफ्नै इलेक्ट्रोनिक्स ब्रान्ड सीजी डिजिटलको शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले शनिबारदेखि आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । 

यससँगै देशव्यापी रूपमा कम्पनीका शोरुमको सङ्ख्या २१ पुगेको छ । अत्याधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले एली, सीजी, मेडिया, गोदरेज, क्रम्टन, बेको, सेन्सेई, टीसीएल, बर्ली, केन्ट, ब्ल्याक प्लस डेकर, मोटोरोला, नथिङ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन राखिएका छन् । जसमा होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्स जस्ता उत्पादनहरू रहेका छन् । 

कम्पनीका अनुसार, लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकता र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रोडक्ट र छिटो ग्राहक सपोर्ट प्रणालीसहित सुव्यवस्थित र प्राविधिक रूपमा सुदृढ रिटेल सुविधा सञ्चालनमा ल्याइएको हो ।

सीजी डिजिटलले आगामी दिनमा ग्राहक अनुभवलाई अझ सुदृढ पार्ने, डिजिटल पहुँचलाई देशका प्रमुख सहरी तथा उपसहरी बजारमा विस्तार गर्ने र अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड पोर्टफोलियोसहित आधुनिक रिटेल अनुभवलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।