इच्छाकामना गाउँपालिकालाई प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ३७ लाख ६५ हजार बीमा रकम हस्तान्तरण
काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तरगतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल तथा अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा शाखा प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक गाउँपालिकालाई बुझाएका हुन्।
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरी नष्ट पारेका गाउँपालिकाका एक स्कर्पियो तथा एक बोलेरो गाडीको क्षतिपूर्तिका लागि सो बीमा रकम प्रदान गरिएको हो।
संस्थाले सेवा प्राप्तकर्ताको जोखिम न्यूनीकरण, दाबी भुक्तानी प्रक्रियामा द्रुतता, पारदर्शिता र दिगोपनालाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता पनि दोहोर्याएको छ।
