बुधबार २४ मंसिर, २०८२

पहिलो चौमासिकमा प्रत्यक्ष वैदेशिक लगानी दोब्बर, ३६ अर्ब ६८ करोड रुपैयाँ स्वीकृत, साना उद्योग र पर्यटनमा आकर्षण बढी

पहिलो चौमासिकमा प्रत्यक्ष वैदेशिक लगानी दोब्बर, ३६ अर्ब ६८ करोड रुपैयाँ स्वीकृत, साना उद्योग र पर्यटनमा आकर्षण बढी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता दोब्बर बढेको छ।

उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ बराबरको FDI स्वीकृत भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ६६ करोड रुपैयाँको तुलनामा दोब्बर हो।

स्वीकृत FDI अटोमेटिक र रुट र अप्रुभल दुबै माध्यमबाट भएको हो। यस अवधिमा कुल ३८२ उद्योग दर्ता भएका छन्, जसमध्ये २५१ अटोमेटिक र १३१ अप्रुभल रुटमार्फत स्वीकृत भएका छन्। अटोमेटिक रुटबाट मात्र २ अर्ब ३६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको तथ्यांक छ। यससँगै नेपालमा कुल FDI ६ खर्ब ८६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

चौमासिक अवधिमा ७ हजार ६२१ कम्पनी दर्ता भएका छन्। यी उद्योगले कात्तिकसम्म ३३ हजार ८१४ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ।

साना उद्योगमा लगानी केन्द्रित

कात्तिकसम्म दर्ता भएका ३६९ साना उद्योग, ६ मझौला र ७ ठूला उद्योग रहेको तथ्यांक छ। यस महिनामा मात्र ६९ साना र २ मझौला उद्योग दर्ता भएका छन्, ठूला उद्योग दर्ता भएनन्।

पर्यटन र सूचना प्रविधि आकर्षक

कात्तिकसम्मको तथ्यांक अनुसार सूचना प्रविधि क्षेत्रमा २०५ उद्योग दर्ता भएका छन्, जुन कुल दर्ताको ५४ प्रतिशत हो। पर्यटनमा ११८ उद्योग दर्ता भएका छन् । उत्पादनमुलक उद्योगमा २१, ऊर्जा क्षेत्रमा १, र कृषिमा १३ उद्योग दर्ता भएका छन्।

लगानी रकमको हिसाबले सबैभन्दा बढी कृषि क्षेत्रमा २१ अर्ब ८८ करोड रुपैयाँ स्वीकृत भएको छ। दोस्रो स्थानमा पर्यटन sector छ, जसमा ८ अर्ब ९४ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ।