भोलिदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन रोक्ने स्थानीयको घोषणा
काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडामा स्थानीयले फोहोर विसर्जन रोक्ने घोषणा गरेका छन्।
सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीय माग पूरा गर्ने आश्वासन दिएका थिए, तर १६ दिन बितिसक्दा कुनै ठोस काम नभएको भन्दै स्थानीय आक्रोशित छन्।
स्थानीयले दीर्घकालीन समाधानको लागि फोहोर प्रभावित क्षेत्रको जग्गा अधिग्रहण र फोहोर विसर्जनमा अवरोध गरेका व्यक्तिहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन माग गरेका छन्।
महानगरपालिकाका अधिकारीले अधिग्रहण तत्काल सम्भव नभएको र अन्य सेवा काम जारी रहेको बताएका छन्।
बञ्चरेडाँडामा दैनिक करिब १४ सय टन फोहोर पुग्नेछ, जसमा महानगर र अन्य पालिकाबाट आउने फोहोर समावेश छ।
