सोमबार २२ मंसिर, २०८२

बाराको तनावपछि काठमाडौँबाट विमान उड्न सकेन

बाराको तनावपछि काठमाडौँबाट विमान उड्न सकेन

काठमाडौँ । एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँमा उडान प्रभावित भएको छ । विरोधका कारण सिमरा जाने विमानको उडान रोकिएको हो । 

सिमरा विमानस्थलमा प्रदर्शन भएको भन्दै यात्रुलाई ओरालिएको एक यात्रु राजन कुइँकेलले जानकारी दिए । 

उक्त विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेता रहेको र उनीहरूकै विरोधमा सिमरामा प्रदर्शन भएकोले उडान रोकिएको हो ।

बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए ।