बुधबार २४ मंसिर, २०८२

हुम्लाका आगलागी पीडितलाई राहत सहयोग

हुम्लाका आगलागी पीडितलाई राहत सहयोग

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका -४ माझ गाउँका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

आगलागी पीडित शोभनकुमार रावत र कमल रावतलाई झन्डै ६० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।

गत २६ कात्तिक बेलुका रावतको घरमा आगलागी भएको थियो । आगलागीबाट उनको ४ जनाको परिवार बिचल्लीमा परेका थिए ।

गुड नेवर्स इन्टरनेसनल नेपाल र कर्णाली एकृकीत ग्राामिण विकास तथा अनुसन्धान केन्द्र ९किर्डाक० ले पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाँकुँडासहित राहत सामग्री उपलब्ध गराएको हो ।