सोमबार २२ मंसिर, २०८२

जीवन बीमा कम्पनीहरूको बीमाकोष साढे ८ खर्ब नजिक

जीवन बीमा कम्पनीहरूको बीमाकोष साढे ८ खर्ब नजिक

काठमाडौं । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरूको चालू आवको पहिलो त्रैमासिकमा बीमाकोष साढे ८ खर्ब रुपैयाँ नजिक पुगेको छ।

सबैभन्दा ठूलो बीमाकोष नेपाल लाइफ इन्स्योरेन्ससँग छ, जुन २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ कायम भएको छ।

त्यसपछि एलआईसी नेपालको बीमाकोष १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख, नेशनल लाइफ ९३ अर्ब ६३ करोड ५२ लाख, हिमालयन लाइफ ८० अर्ब ३१ करोड ४ लाख, राष्ट्रिय जीवन बीमा ६४ अर्ब १३ करोड ७४ लाख, एशियन लाइफ ४८ अर्ब ४८ करोड ५२ लाख र सूर्यज्योति लाइफ ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको छ।

वृद्धिदरको आधारमा भने आइएमई लाइफ सबैभन्दा अगाडि छ, जसको बीमाकोष ४०.८२ प्रतिशतले वृद्धि भएको छ। त्यसपछि सिटिजन लाइफको वृद्धि ३८.१० प्रतिशत, सन नेपाल लाइफ ३७.८६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ ३५.०१ प्रतिशत, सानिमा रिलायन्स लाइफ ३४.१२ प्रतिशत र नेशनल लाइफ २४.७२ प्रतिशतले बढेको छ।

यो तथ्यांकले कम्पनीहरूको बीमाकोष बलियो रहेको र बीमितलाई दाबी भुक्तानीमा पर्याप्त कोष रहेको संकेत गर्छ।