सोमबार २२ मंसिर, २०८२

शिवम् सिमेन्टले सेयरधनीलाई १२.५ प्रतिशत लाभांश दिने, साधारण सभा मंसिर २५ गते

शिवम् सिमेन्टले सेयरधनीलाई १२.५ प्रतिशत लाभांश दिने, साधारण सभा मंसिर २५ गते

काठमाडौं।  शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर तथा सो बोनसको कर प्रयोजनार्थ समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सञ्चालक समितिको सोही बैठकले कम्पनीको १६औँ वार्षिक साधारण सभा मंसिर २५ गते बिहान १०:३० बजे गर्ने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने जनाएको छ।

यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्ने पात्र हुनेछन्। लाभांश घोषणा संगै लगानीकर्ताहरूमा सकारात्मक वातावरण देखिएको छ।