सेयर बजार घट्दा पनि होटल–पर्यटन समूह उत्साहित, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
काठमाडौँ – बिहीबार सेयर बजार नेप्सेमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.९३ अंक घटेर २५६० अंकमा पुगेको छ।
तर, बजारको कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ। दिनभर बजारको उतार–चढाव सामान्य रह्यो।
आज ११२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। यसबीच, होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.१६ प्रतिशतले बढेको छ।
हालैको जेनजी आन्दोलनपछि यो सेक्टरमा असर पर्ने अनुमान गरिएको थियो। तर पर्यटन सिजन सुरु भएसँगै अधिकांश कम्पनीमा मूल्यमा सकारात्मक प्रभाव देखिएको छ, जसले लगानीकर्तालाई यस सेक्टरमा आकर्षित गरेको छ।
चार कम्पनीमा मूल्य १० प्रतिशतले वृद्धि भएको छ। यी कम्पनीहरू हुन्: धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी।
सिन्धु विकास बैंकको मूल्य ९.६० प्रतिशत, सप्तकोशी विकास बैंकको ७.७१ प्रतिशत र चिरख्वा हाइड्रोपावरको ६.८० प्रतिशत बढेको छ।
विपरीत, बुंगल हाइड्रोको मूल्य सबैभन्दा बढी ९.०५ प्रतिशत घटेको छ। त्यस्तै दरामखोला ४.९१ प्रतिशत र विकास हाइड्रोपावर ३.७९ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा साहस ऊर्जा, सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर छन्।
