बुधबार २४ मंसिर, २०८२

नेपाल लाइफको बीमा अभिकर्ता संघ सौराहामा तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

नेपाल लाइफको बीमा अभिकर्ता संघ सौराहामा तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत बीमा अभिकर्ता संघ नेपाल, सौराहा–टाँडी शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गोविन्दकृष्ण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा विमला न्यौपाने, सचिवमा सविता अधिकारी, सहसचिवमा लक्ष्मी केसी, र कोषाध्यक्षमा रमेश दुवाडी चयन भएका छन्। सदस्यहरूमा धनरजियाकुमारी चौधरी, मिनु श्रेष्ठ, राजकुमार श्रेष्ठ, ललिता घले, वेदप्रसाद पौडेल, कृष्णबहादुर नेपाली, हरिकुमार श्रेष्ठ, दिलकुमारी श्रेष्ठ, सजनाकुमारी शर्मा र गीता पुरी रहेका छन्।

कार्यक्रम पार्वतीकुमारी भुसालको अध्यक्षतामा र छाता संगठनका केन्द्रीय सह–कोषाध्यक्ष दुर्गाकुमारी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन राजेन्द्रप्रसाद वाग्लेले गरेका थिए।

विशिष्ट अतिथिहरूमा पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय सदस्य कमलप्रसाद सुवेदी र शान्ता पाण्डे, बागमती प्रदेश समितिका उपाध्यक्ष रामकृष्ण कार्की, सहसचिव प्रल्हाद अर्याल, तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सौराहा–टाँडी शाखा प्रमुख सन्तकृपाल अग्रहरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नयाँ कार्यसमितिको चयनले शाखाको गतिविधिलाई अझ सक्रिय, पारदर्शी र कर्मचारी तथा अभिकर्ताहरूका लागि उपयोगी बनाउने विश्वास व्यक्त गरिएको छ।