चार दशकमा नेपाललाई विपदबाट ७ अर्ब डलर बराबरको क्षति
काठमाडौं । पछिल्ला ४० वर्षमा नेपालले भूकम्प, बाढी–पहिरो, आगलागी र महामारीजस्ता विपदबाट झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोरेको छ। जलवायु परिवर्तनका कारण विपदको जोखिम झनै बढ्दै जाँदा राष्ट्रिय विकासमा गम्भीर असर परेको अध्ययनले देखाउँछ।
नेपालले हरेक वर्ष करिब ५० अर्ब रुपैयाँ पुनर्निर्माण तथा क्षति व्यवस्थापनमा खर्च गर्दै आएको छ। तर बीमा कभरेज कमजोर भएकाले ठूलो क्षतिपूर्ति राज्यले नै व्यहोर्न बाध्य भएको प्राधिकरणहरूको टिप्पणी छ।
गत भदौको विरोध प्रदर्शनमा मात्रै २३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको थेग्न नसकिएको देखिन्छ। जोखिम वित्तीय संरचना कमजोर भएकाले सरकारलाई अनियोजित खर्चको दबाब बढेको यूएनडीपीले जनाएको छ।
विशेषज्ञहरूका अनुसार दीर्घकालीन समाधानका लागि बीमा विस्तार, जोखिम हस्तान्तरण र दिगो जोखिम वित्तपोषण प्रणाली तत्काल आवश्यक छ।
