जंगली भालुको जोखिम बढेपछि ब्लु क्रसले ल्यायो ‘बियर अट्याक’ विशेष बीमा
काठमाडौं । जापानसहित विभिन्न पर्यटकीय क्षेत्रमा जंगली भालुको आक्रमण बढेपछि ब्लु क्रस (एसिया–प्रशान्त) इन्स्योरेन्सले यात्रुका लागि भालु आक्रमण अतिरिक्त कभरेज सुरु गरेको छ।
मार्च ३१, २०२६ भित्र यात्रामा भालुको आक्रमण भई विदेशमा उपचार आवश्यक परे बीमितले ३८५.२९ डलर अतिरिक्त नगद भत्ता पाउनेछन्। यो कभरेज विश्वभर भालु जोखिम भएका स्थानमा लागू हुनेछ।
जलवायु परिवर्तन र बासस्थान सर्दै जाँदा जापानको होक्काइडो, तोहोकु, नागानो, शिराकावा–गो जस्ता ठाउँमा भालु आक्रमण उल्लेख्य रूपमा बढेको छ।
यात्रु सुरक्षाका लागि कम्पनीले भालुसँग सामना हुँदा नदौडिनु, बिस्तारै पछि हट्नु, र आक्रमण भएमा टाउको, घाँटी र पेट जोगाउन आग्रह गरेको छ।
कभरेज प्रवर्द्धनका लागि स्मार्टक्लब सदस्यले ६.४२ डलरको इलेक्ट्रोनिक प्रिमियम कुपन पाउनेछन्, जसलाई ट्राभल स्मार्ट योजना वा अन्य प्रोमो कोडसँग प्रयोग गर्न सकिन्छ।
