बुधबार २४ मंसिर, २०८२

सामाजिक सञ्जालमा आपत परेको बहाना देखाई आफन्तको नामबाट रकम मागे सचेत हुन प्रहरीको आग्रह

सामाजिक सञ्जालमा आपत परेको बहाना देखाई आफन्तको नामबाट रकम मागे सचेत हुन प्रहरीको आग्रह

काठमाडौँ । सामाजिक सञ्जालमार्फत आफन्त वा साथीको अकाउन्ट ह्याक गरी आपत परेको बहाना बनाएर रकम माग्ने घटना बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार फेसबुक, ह्वाट्सएप लगायतका अकाउन्ट ह्याक गरी आर्थिक सहयोग माग्ने, चिठ्ठा परेको भन्दै राजस्व तिर्न लगाउने, सस्तो सामान देखाएर अग्रिम पैसा झिक्ने जस्ता ठगी गतिविधि तीव्र बनेका छन्।

रकम मागिएको खण्डमा सम्बन्धित व्यक्तिलाई फोन वा प्रत्यक्ष भेटेर यकिन गर्न प्रहरीले विशेष अनुरोध गरेको छ।

त्यस्तै, अपरिचित व्यक्तिबाट आएको भिडियो कल नउठाउन, अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने जोखिम बढेको भन्दै प्रहरी सतर्क भएको छ।

प्रहरीले अपरिचित लिंक नखोल्न, OTP कसैलाई नदिन, स्क्रिन शेयर नगर्न तथा सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी सुरक्षित राख्न पनि आग्रह गरेको छ।