बुधबार २४ मंसिर, २०८२

अर्थ मन्त्रालयका २० सवारीसाधनको पूर्ण बीमा

अर्थ मन्त्रालयका २० सवारीसाधनको पूर्ण बीमा

काठमाडौं । अर्थ मन्त्रालयले आफ्नो मातहतका २० वटा सवारीसाधनको पूर्ण बीमा गराएको छ।

मन्त्रिपरिषद्को ५ असोजको निर्णय अनुसार मन्त्रालयले नेपाल बीमा कम्पनीमार्फत यी सवारीसाधनको बीमा प्रक्रिया सम्पन्न गरेको हो।

मन्त्रालयका अनुसार पूर्ण बीमाले आगलागी, दुर्घटना लगायतका घटनाबाट सवारीसाधनमा क्षति पुग्दा बीमा दाबी रकमबाट आवश्यक मर्मत वा खरिद गर्न सकिने छ। यसले सरकारी खर्चमा कमी आउने र दीर्घकालीन रूपमा स्रोत व्यवस्थापन सहज हुने मन्त्रालयको बुझाइ छ।

यसबाहेक, मन्त्रालयले सार्वजनिक स्रोतको सुरक्षित र प्रभावकारी उपयोगका लागि यस कदमले सार्वजनिक वित्त व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा राखेको छ।