नेकाे इन्स्योरेन्सले विदेश जाने विद्यार्थीलाई लक्षित गरी ल्यायाे नयाँ बीमा योजना
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ‘स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस बीमा’ योजना सार्वजनिक गरेको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै कम्पनीले बीमा योजना सार्वजनिक गरेको हो ।
बीमा योजनामा विद्यार्थी मात्रै नभई अभिभावकहरुको समेत जोखिम बहन गर्नेछ । कम्पनीले सार्वजनिक गरेको बीमा योजनामा विभिन्न ७ वटा फाइदा रहेका छन् । कम्पनीले विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि १६० अमेरिकी डलर (२२ हजार ९०७ रुपैयाँ) प्रिमियम तोकेको छ ।
यो योजना अन्तर्गत विद्यार्थीको ट्यूशन फी ५० हजार डलर, लिभिङ कष्ट २५ सय डलर, २५ हजार डलर बराबरको स्वास्थ्य बीमा प्राप्त गर्न सकिनेछ । व्यक्तिगत दुर्घटना बीमाका लागि २५ हजार डलर बराबरको सुविधा पाइनेछ ।
विद्यार्थीको मृत्यु भएमा २ हजार डलरसम्मको सदगती सहयोग गर्नेछ । १ लाख ५० हजारसम्मको लोन किस्ता सुविधा प्राप्त हुनेछ । ५० हजार डलरसम्मको परिवारको सदस्यहरुको व्यक्तिगत जिवन बीमा हुनेछ ।
उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जानेका लागि एउटै बीमा लेखबाट ७ वटा सुविधा उपलब्ध गराउनेगरी योजना ल्याइएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक कुमार खड्काले बताए ।
उनले भने, “वैदेशिक अध्ययनमा जानेका लागि यो बीमा योजना सबैभन्दा उत्कृष्ट बीमा योजना हो, यसबाट ढुक्क भएर विद्यार्थी तथा अभिभावकहरु वैदेशिक अध्ययनमा जान सक्नेछन्।”
