४ महिनामा ९२ अर्ब ४२ करोड बढीको पेट्रोलियम पदार्थ आयात
काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा (साउनदेखि कात्तिकसम्म) ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १८‍.७१ प्रतिशतले बढी हो ।
गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो । कुल आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ ।
४ महिनामा ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेल तथा घ्युजन्य वस्तु रहेका छन् ।
५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
