चिसो बढेसँगै हिटर–गिजर–एसीको माग तिव्र, ५० प्रतिशत व्यापार वृद्धिको अनुमान
काठमाडौं। चिसो बढ्न थालेसँगै काठमाडौंसहित देशभर हिटर, गिजर र एसीजस्ता विद्युतीय सामग्रीको माग बढेको छ। व्यवसायीहरूका अनुसार कात्तिक अन्त्यदेखि नै तातो पानी र कोठा तताउने उपकरणको व्यापार तिब्र हुन थालेको छ।
काठमाडौँ विद्युतीय व्यवसायी संघका अध्यक्ष मिलन सिवाकोटीले अघिल्लो वर्षको तुलनामा यस वर्ष जाडोमा ५० प्रतिशतसम्म व्यापार बढ्न सक्ने अनुमान व्यक्त गरे।
बजारमा हाइब्रिड, गार्डेन र फ्रयान हिटरलगायत विभिन्न डिजाइनका हिटर उपलब्ध छन्, जसको मूल्य ७ सयदेखि हजारौं रुपैयाँसम्म पर्छ।
धेरै हिटर चीन र भारतबाट आयात हुने गरेका छन् भने केही युरोपियन मुलुकबाट पनि भित्रिएको छ।
व्यवसायीहरू उपभोक्तालाई आधिकारिक डिलर वा व्यवसायीबाट ग्यारेन्टी, वारेन्टी र फिचरको जानकारी लिएर मात्र सामान किन्ने सल्लाह दिइरहेका छन्।
