एनपीएलमा सट्टेबाजी : १० जना पक्राउ, २ करोड ५ लाख रुपैयाँको कारोबार गरेको भेटियो
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा ९ भारतीय र १ नेपाली महिला रहेका छन्।
उनीहरूको कारोबार विवरण हेर्दा २ करोड ५ लाख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
दुई जनालाई खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परे । बाँकी ८ जना बेटिङ गराएको आरोपमा पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये २ जनालाई खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा र बाँकी ८ जनालाई सट्टेबाजी गराएको आरोपमा अनुसन्धान भइरहेको छ।
