दुई हजार किलो गोलभेँडा बङ्गलादेश निर्यात
काठमाडौँ । नेपालदेखि गोलभेँडा बङ्गलादेशमा निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १ लाख २२ हजार रुपैयाँको दुई हजार किलो गोलभेँडा निर्यात भएको उल्लेख छ ।
उक्त गोलभेँडा भदौमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
बङ्गलादेशमा गोलभेँडा पहिलोपटक निर्यात भएको हो । यसअघि गोलभेँडा भारत निर्यात हुँदै आएको थियो ।
