आइतबार २१ मंसिर, २०८२

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले बढेको छ ।

सुन आज नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय रुपैयाँ थियो ।