बुधबार २४ मंसिर, २०८२

पाटा नेपाल च्याप्टरको सक्रियतामा पर्यटन क्षेत्रमा डिजिटल भुक्तानी साधन प्रवर्द्धन गरिने

पाटा नेपाल च्याप्टरको सक्रियतामा पर्यटन क्षेत्रमा डिजिटल भुक्तानी साधन प्रवर्द्धन गरिने

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सक्रियतामा पर्यटन क्षेत्रमा डिजिटल भुक्तानी साधनको प्रवर्द्धन गरिने भएको छ ।

पाटाले एनएमबी बैंक लिमिटेड र भिसा कार्डसँगको साझेदारीमा नेपालका पर्यटन र आतिथ्य क्षेत्रमा डिजिटल भुक्तानी समाधान प्रवर्द्धन गर्ने भएको हो ।

मंगलबार एक कार्यक्रमका बीच यस सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । एनएमबी बैंकको मुख्य कार्यालय, बबरमहल मंगलबार सम्पन्न कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाइ, एनएमबी बैंक लिमिटेडका सीईओ गोबिन्द घिमिरे र भिसाका बंगलादेश, नेपाल र भुटानका लागि प्रबन्धक सब्बिर अहमदले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौताको उद्देश्य एनएमबी बैंकको एक नवीन सम्पर्करहित भुक्तानी समाधान प्रविधि सफ्ट पीओएस प्रविधिलाई पर्यटन व्यवसाय र यात्रुहरूको वित्तीय लेनदेनमा सहजता, सुरक्षा, र प्रभावकारिता बढाउन प्रोत्साहन र प्रवर्द्धन गर्नु हो ।