२० करोडको क्रिप्टो कारोबार आरोपमा काठमाडौंबाट २३ वर्षीय युवा पक्राउ
काठमाडौं । करिब २० करोड रुपैयाँको अवैध अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–२० घर भइ डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफ छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीबाट पक्राउ गरेको हो ।
उनले १९ करोड ८१ लाखको क्रिप्टो कारोबार गरेको देखिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनीमाथि अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
