सोमबार २२ मंसिर, २०८२

बाढी–पहिरो बीमा भुक्तानी ढिलाइ : पौने ४ अर्ब दाबी, १ करोड १४ लाख मात्रै भुक्तानी

बाढी–पहिरो बीमा भुक्तानी ढिलाइ :  पौने ४ अर्ब दाबी, १ करोड १४ लाख मात्रै भुक्तानी

काठमाडौँ – २०८२ असोज १८ गतेदेखि परेको अविरल वर्षा र बाढी–पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको लागि हालसम्म ७४४ प्रारम्भिक बीमा दाबी परेका छन्।

कुल करिव ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ दाबी रकममध्ये अहिलेसम्म बीमितलाई मात्र १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

विभिन्न निर्जीवन बीमा कम्पनी र दुई लघु निर्जीवन बीमा कम्पनीहरूले दिएको जानकारी अनुसार सम्पत्ति बीमा तर्फ ४०५ दाबीमा करिव ३ अर्ब २१ करोड ५० लाख रुपैयाँको दाबी भए पनि बीमितलाई ६४ लाख मात्र भुक्तानी गरिएको छ।

इञ्जिनीयरिङ र ठेक्का जोखिम बीमामा १०४ दाबीमा ४७ करोड ६६ लाख रुपैयाँको दाबीमध्ये १ लाख ५४ हजार मात्र फिर्ता गरिएको छ।

कृषि तथा बाली बीमामा २१० दाबीमा ४ करोड १४ लाख रुपैयाँको दाबी भए पनि १ लाख मात्र भुक्तानी भएको छ। मोटर बीमा (निजी) तर्फ ४० दाबीको कुल २ करोड ८२ लाख रुपैयाँमध्ये ४८ लाख मात्रै बीमितलाई फिर्ता गरिएको छ।

त्यस्तै, मोटर बीमा (सार्वजनिक), अन्य बीमा र सामुद्रिक बीमातर्फका दाबीहरूमा अहिलेसम्म भुक्तानी सुरु भएको छैन। बीमा कम्पनीहरूले प्रभावित बीमितलाई समयमै भुक्तानी गर्न प्रक्रिया अगाडि बढाइरहेका छन्, तर कुल दाबी रकमको सानो भाग मात्रै अहिलेसम्म भुक्तान भएको देखिन्छ।