बुधबार २४ मंसिर, २०८२

पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ

पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ

काठमाडौं ।  संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ६ करोड ७८ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका १३ बस्ने २२ वर्षका विकास शाह बानियाँलाई पक्राउ गरिएको हो। 

क्रिप्टो र अनलाइन ठगी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।