सोमबार २२ मंसिर, २०८२

बंगलादेशले थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले थप २० मेगावाट बिजुली किन्ने

काठमाडौँ । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने भएको छ । अहिले नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप बिजुली किन्ने सहमति गरेको हो ।

बंगलादेशको ढाकामा भएको बिहीबार नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा उक्त सहमति भएको हो ।

हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५–नोभेम्बर १५ सम्म बिजुली बिक्री गर्ने गरी नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा सम्झौता भएको थियो ।

प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी सम्झौता भएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि स्वीकृति दिएको छ ।

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने, सुनकोशी-३ आयोजनामा गर्ने भयो लगानी