आइतबार २१ मंसिर, २०८२

‘हायात प्लेस’ बुटवलको भव्य उद्घाटन

‘हायात प्लेस’ बुटवलको भव्य उद्घाटन

बुटवल । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा हायात प्लेस बुटवलु को औपचारिक उद्घाटन गरिएको छ। पाहुनाहरू र वर्ल्ड अफ हायातु का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो।

यस नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइफाइ तथा २४ सै घण्टा खानाका परिकार जस्ता व्यावहारिक सुविधाहरू उपलब्ध छन्। हायात प्लेस बुटवललाई बिजनेस (व्यापारिक) र लेजर (फुर्सदको समय बिताउने) दुवै प्रकारका यात्रुहरूको विविध आवश्यकता पूरा गर्ने गरी तयार पारिएको छ, जहाँ आराम र काम बीचको सन्तुलन पाउन सकिन्छ।

पाहुनाहरूको सत्कारमा केहि कसर नछाड्ने हायातको मूल मन्त्रलाई आत्मसाथ गर्दै, हायात प्लेस होटेलहरूले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध हुने सुविधाहरूको संयोजन गरी आधुनिक व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्दछन्। होटेलमा किंग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू सहित ३०० देखि ७७५ वर्ग फिट (२८ देखि ७२ वर्ग मिटर) सम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन्। यस होटेलको मुख्य आकर्षण भनेको १,५६० वर्ग फिट (१४५ वर्ग मिटर) मा फैलिएको प्रेसिडेन्सियल सुइटु हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय अनुभव प्रदान गर्दछ। साथै, हायात प्लेस बुटवलमा १५० जनासम्म अटाउने ग्रान्ड बलरुम सहितको मिटिङ र कार्यक्रम स्थलहरू पनि उपलब्ध छन्।

हामी हाम्रा पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ, हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भने, हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठाहरू, विविध खानपानका विकल्पहरू र फराकिला कार्यक्रम स्थलहरूले गर्दा हामी बिजनेस र लेजर दुवैखाले यात्रुहरूका लागि आदर्श गन्तव्य बनेका छौँ। पाहुनाहरू यहाँ काम गर्न, थकान मेटाउन, सम्मेलनमा भाग लिन वा विशेष अवसर मनाउन आउनुभएको होस्, हामी हरेक मोडमा सुविधा र आरामको मिलन हुने गरी स्वागतयोग्य वातावरण सिर्जना गर्न प्रयासरत छौँ। हाम्रो समर्पित टिम व्यक्तिगत सेवा प्रदान गर्न र हरेक बसाइलाई यादगार बनाउन उत्साहित छ, जसले बुटवलको मुटुमा एक प्रमुख रोजाइको रूपमा हाम्रो पहिचानलाई अझ बलियो बनाउनेछ।