आइतबार २१ मंसिर, २०८२

निर्जीवन बीमा कम्पनीको व्यवसायमा उल्लेखनीय वृद्धि, चार महिनामा साढे १५ अर्ब प्रिमियम

निर्जीवन बीमा कम्पनीको व्यवसायमा उल्लेखनीय वृद्धि, चार महिनामा साढे १५ अर्ब  प्रिमियम

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चार महिनासम्ममा १५ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चार महिनाको अवधिमा निर्जिवन बीमाा कम्पनीहरुले सो बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।