सोमबार २२ मंसिर, २०८२

सुनको भाउ बढ्यो, चाँदी घट्यो

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला केही दिनयता सुनको भाउमा सामान्य घटबढ देखिएको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदी हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँ पुगेको थियो ।