रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ‘ओभर सब्सक्राइभ’
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा (साढे १० बजेसम्म) मै ‘ओभर सब्सक्राइभ’ भएको छ ।
कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा गएकाहरुको लागि १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता शेयर निष्काशन गरेको छ ।
आईपीओ निष्कासन भएको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको कम्पनीले जनाएको छ । विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाहरुको लागि मंसिर २५ सम्म आवेदन दिन सक्नेछन् ।
