बुधबार २४ मंसिर, २०८२

एनसेलको नयाँ ९७१ नम्बर रेन्जको सिम वितरण सुरु

एनसेलको नयाँ ९७१ नम्बर रेन्जको सिम वितरण सुरु

काठमाडौं । एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबार (मंसिर २२)बाट नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बरको सिमकार्ड उपलब्ध गराउन थालेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो रेन्जका नम्बर वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो ।

यो नयाँ रेञ्जका नम्बर प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ अलोकेसन प्लान)को नियम अनुरुप जारी भएको हो । प्राधिकरणद्वारा यसअघि जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवा अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको कम्पनीले जनाएको छ ।

‘बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेञ्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं’, एनसेलका चिफ कन्जुमर विजनेस अफिसर उपङग् दत्तले भने ।