अकबरे खुर्सानीको भाउ घट्यो
काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।
आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँले घटेको छ । मंगलबार अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज बुधबार प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
